विश्व

कार बम विष्फोट हुँदा १० जनाको मृत्यु



एजेन्सी, २० जेठ । उत्तरी सिरियाको एक शहरमा कार बम विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।

आइतबार राति टर्कीसँग सीमा जोडिएको अजाज शहरमा कार बम विष्फोट भएको हो । यो विष्फोट एक महिनायताकै ठूलो भएको धिकारीहरुले जनाएका छन् ।

टर्की समर्थित सिरियाली विद्रोहीहरुले अरु देशसँग सिमाना जोडिएको क्षेत्रलाई नियन्त्रणमा लिने गरेका छन् । यहाँ अप्रिल महिनाको अन्तदेखि विद्रोहीहरु सरकारविरुद्ध आक्रामक हुँदै गएका छन् ।