काभ्रेपलाञ्चोक, २० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान गर्नु आजको आवश्यकता रहेको बताएका छन ।
बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताएका हुन ।
उनले भने, ‘हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक दायाँबायाँ लाग्न मिल्दैन । विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ । आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।’
मन्त्री बाँस्कोटाले पत्रकारको काम समाचार सङ्कलनरसंप्रेषण भएकाले भ्रष्टाचारविरुद्ध डटेर लाग्न र सरकारले कानूनविपरीत नकारात्मक काम गरेमा आलोचना गर्न आग्रह गरेका छन ।
बनेपा नगरपालिकालाई प्रत्येक वडामा वृद्धवृद्धा मिलन केन्द्र स्थापना गर्न आग्रह गर्दै उनले भने, ‘हाम्रा मौलिक संस्कार–संस्कृति लोप हुँदै गए, अब वृद्धवृद्धाबाट सिक्न मिलन केन्द्र स्थापना जरुरी छ । म पहिलाजस्तो कसैले रोकेर रोकिन्न, बनेपामा आन्तरिक विमानस्थल बन्छ बन्छ, तपाईँहरु ढुक्क हुनुहोस् ।










प्रतिक्रिया दिनुहोस्