Banner News

राष्ट्रपति भण्डारीसमक्ष ४ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश



काठमाडौँ, २१  जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ४ देशका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा गैरआवासीय राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरुमा ग्वाटेमालाका जियोभानी रेने क्यास्टिलो पोलान्को, बेल्जियमका फ्रान्कोइस डेलहाये, इरानका अली चेगेनी र अजरवैजानका असरफ शिखालीयेभ  रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाएको छ ।