एजेन्सी , २१ जेठ । भारतमा गर्मी बढेसगै तापक्रम ५० डिग्री नाघेको छ ।
राजस्थानका मरुभूमि शहरी क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयसभन्दा माथि पुगेको छ । राजस्थान प्रदेशमा पर्ने चुरु क्षेत्रको तापक्रम ५०.३ डिग्री सेल्सियस मापन गरिएको छ भने यसअघि गत शनिबार सो क्षेत्रको तापक्रम ५०.६ डिग्री सेल्सियस पुगेको थियो ।
यो तापक्रम भारतभरिकै सबैभन्दा उच्च तापक्रम हो । पछिल्लो तीन दिनमा मात्रै तापक्रम दोस्रो पटक यति धेरै बढेको अधिकारीहरुको दाबी छ । भारतीय मौसम विभागले राजस्थानमा तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ नयाँ दिल्लीको सामान्य तापक्रम सोमबार झण्डै ४० डिग्री मापन गरिएको छ ।
दिल्लीकै केही इलाकामा भने ४६ डिग्रीसम्म पुगेको हिन्दूस्तान टाइम्सले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्