समाचार

आजको मौसम



काठमाडौँ, २२ जेठ । देशका अधिकांश स्थानहरूमा आज सामान्य वदली रही मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा  र पश्चिमी पहाडी भु–भागमा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।