काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाले देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता भएको बताएका छन ।
मुस्लिम समुदायको महान् चाड ईद उल-फित्रको अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहाले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको सन्देश दिएको बताएका छन ।
अध्यक्ष दाहालले यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्