काठमाडौँ, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिले सम्म देश नबनेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने बताउनुभयो । उहाँले अन्य देशको तुलनामा नेपालमा प्रसंस्त संभावना रहेकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले काठमाडौँवासीले काठमाडौँ म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरेमा काठमाडौँ बन्ने विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्