रौतहट, २३ जेष्ठ । रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुखमाथि हातपात भएको छ ।
मस्जिदमा नवाज पढ्नका लागि राजपुरको मह्मुदिया मस्जिदमा पुगेका नगर प्रमुख शेख सकिललाई मुस्लिमहरुको पबित्र पर्व इद मनाउनका लागि चन्दा नदिएको भन्दै आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुको समूहले नगर प्रमुख सकिलमाथि आक्रमण गरेका हुन् ।
मस्जिदमा नवाजका लागि गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले आफूसँग नभएको र भोलि दिने बताएपछि नगर प्रमुख सकिललाई केही व्यक्तिहरुले टर्चले टाउकोमा प्रहार गरेपछि टाउको र आँखामा चोट लागेको बताएका छन ।
आक्रमण गर्नेको पहिचान भैसकेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नविन कार्कीले बताए । सकिलको टाउको र आँखामा चोट लागेपछि गौर अस्पतालमबाट थप उपचारका लागि वीरगञ्ज पठाइएको पठाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्