रोचक

जागिर पाउन परीक्षा होइन, कफी कप टेष्ट गर्नुपर्छ



एजेन्सी । अष्ट्रेलियाको अकाउटिंग सफ्टवेयर कम्पनी ह्भचय ले उम्मेदवारका लागि अथवा जागीर दिनका लागी कफी परीक्षा लिने गर्दछ ।

उक्त परीक्षणको नाम हो, कफी कप टेष्ट । यो कफी परीक्षामा फेल हुनेलाई जागिरमा राखिँदैन । कम्पनीका प्रमुख ट्रेन्ट इनेसका अनुसार कम्पनीमा जागिरका लागि आउने उम्मेदवारलाई उनी आफ्नो किचेनसम्म लैजान्छन् र कफी पिउँदै बाहिर आउँछन् र गफ गर्दछन् । गफ गरिरहँदा कपको कफी सकिइसकेको हुन्छ ।

वास्तवमा कफी खाइसकपछि खाली कपलाई उम्मेदवारले बाहिरै छाड्छ कि किचेनमै लगेर छाड्न चाहन्छ भन्ने कुरा थाहा पाउनु उनको यो परीक्षणको मुख्य उद्देश्य हो । आफुले कफी पिएको कपलाई आफैले किचेनमा लगेर आफै धुनुपर्छ भन्ने व्यवहारिक ज्ञान नभएको उम्मेदवारलाई कम्पनीले जागिरमा राख्दैन । आफ्नो कफी कप आफैले धुनुपर्छ भन्ने मूलमन्त्र कम्पनीमा जागिर खान आउनेहरुका लागि एउटा प्रमुख आवश्यकता हो ।