राजनीति

प्रदेश १ को नीति तथा कार्यक्रम आज



विराटनगर, २३ जेठ । प्रदेश १ सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ल्याउन लागेको हो ।

प्रदेश प्रमुख डा। गोविन्द सुब्बाले प्रदेशसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम बिहीबार अपराह्न ३ बजे सार्वजनिक हुनेछ । बुधवारसरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि बिदा परेपछि आजका लागि सरेको थियो ।