काठमाडौँ, २३ जेठ । अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको साथै बजेट कतै अल्मलिएको र छरिएको नभएको बताएका छन ।
आज संसदमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै भएको पनि बताएका छन ।
उनले संविधानको मार्गदर्शन अनुसार नै बजेट बनाइए बताउदै उनले भने, ‘खासगरी बजेट निर्माण गरिरहँदा मार्गदर्शन गर्ने संविधानका राज्यका सिद्धान्तहरु, त्यहाँ भएका नागरिकका मौलिक हकका कुराहरु, सार्वजनिक निजी वा सहकारी तीनवटै विकासका खम्बाहरुलाई कसरी परिपूरकका रुपमा विकास गर्ने भन्नेमा स्पष्ट भएको र सरकारका नीति तथा कार्यक्रमका आधारमा बजेट आएको हो’ अर्थमन्त्री खतिवडाले भने, ‘त्यसो हुनाले बजेट अल्मलिने कुनै प्रश्नै छैन । यसको स्पष्ट दिशा छ ।’
बजेट अल्मलिएको र छरपष्ट भयो भन्नु आलोचनाको विषयमात्रै भएको बताउदै उनले बजेटमार्फत वित्तीय संघीयता कार्यन्वयनमा आएको दावी समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्