काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए । सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा उक्त विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुने बताएका छन ।
मन्त्री खतिवडाले रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी)अवधारणामा काम गर्ने तयारी गरेको बताएका छन ।
मन्त्री खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौंँ संशोधन) विधेयक, २०७६’ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्