समाचार

पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द



चितवन, २४ जेठ । पृथ्वी राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ ।

राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो । बिहान करिब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको चितवन प्रहरीले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ठूलो पहिरो खसेकाले सडक पूर्ववत सञ्चालनमा आउन समय लाग्ने प्रहरी भनाइ छ ।