हेटौंडा, २४ जेठ । प्रदेश–३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले मुख्यन्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको छ ।
न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको बुझाउनुभएको हो । हालसम्म राजिनामा स्वीकृत भएको छैन् । न्यौपानेको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ ।
न्यौपानेले भने न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताउनुभएको छ ।
राजीनामाको विषयमा मुख्यमन्त्रीको सचिवालयले काम नदेखे पछि राजनीतिक दबाबले राजिनामा दिएको बताएको छ । न्यौपानेले न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले सुविधायुक्त गाडी किन्न चाहेता पनि मुख्यमन्त्री कार्यालय स्वीकृत दिएको थिएन ।










प्रतिक्रिया दिनुहोस्