दाङ, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनु आवश्यक रहेको बताएका छन ।
शुक्रबार राष्ट्रिय समाचार समिति दाङ कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउदै दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन ।
मन्त्री बाँस्कोटाले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्ने र खोजीमूलक समाचार हुनुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्