झापा, २४ जेठ । झापाबाट सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ दमक नगरपालिकाबाट पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङलाई वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्