समाचार

एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला



दार्चुला, २५ जेठ । दार्चुलामा १६ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

शुक्रबार साँझतिर घाँस काट्न जान्छु भन्दै घरबाट निस्किएकी शैल्यशिखर नगरपालिकामा १६ वर्षीया लक्ष्मी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

प्रहरी टोलीले किशोरीको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाएका छन् । घट्नाको प्रकृति हेर्दा शंकास्पद नदेखिएको र अनुसन्धान भने जारी रहेको प्रहरी निरीक्षक खड्काको भनाइ छ ।