समाचार

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु



गुल्मी, २५ जेठ । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान रेसुङ्गा नगरपालिका वडानम्बर १३ भँगारी घुम्तीमा लु ४ त २८४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नवलपरासीको सुनवल घर भएका २१ वर्षीय अम्मरबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।