Banner News

कार्यवहाक प्रधानमन्त्रीमा पोखरेल



काठमाडौँ, २६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जानुभएकाले उहाँले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागिता तथा संयुक्त अधिराज्य र गणतन्त्र फ्रान्सको भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।