पाल्पा, २६ जेठ । पाल्पाको निस्दि गाउँपालिकाको सार्की डाँडाका जंगली च्याउ खाँदा एकै परिवारका पाँच जनासहित ११ जना बिरामी परेका छन् ।
शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाएपछि समय समयमा रिंगटा लाग्ने, बान्ता हुने भएपछि उनीहरुलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल कावासोती ल्याइएको छ ।
एकै घरका बिरामी पर्नेहरुमा धन कुमारी सिंह ठकुरी, निरुता सिंह ठकुरी, निशा सिंह ठकुरी, निर्मला सिंह ठकुरी र विष्णु सिंह ठकुरी रहेका छन् । अन्य बिरामी पर्नेहरुमा पुरन खाम्चा, चन्द्री खाम्चा, निर्मला खाम्चा रहेका छन् । त्यस्तै प्रेम बहादुर सिंह ठकुरी, बुहारी दान कुमारी सिंह र सुमन सिंह ठकुरी रहेका छन् ।
अवस्था चिन्ताजनक रहेका दुई बालिकालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको गरिएको छ घने अन्य विरामीलाई मध्यविन्दु अस्पतालमा शैयाको अभावले गर्दा बिरामीहरुको भुइँमा नै राखेर उपचार भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्