पोखरा, २६ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको छ ।
शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
विप्लब समूहको बैठक बस्ने सूचनाका आधारमा सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाएको थियो । प्रहरीको सूचनामा विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डरसहित नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताए पनि प्रहरीले निगरानी बढाएको थाहा पाएको उक्त टोली भने अन्नपूर्ण गाउँपालिका नै पुगेन । विप्लवको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेरा हालेको थियो ।










प्रतिक्रिया दिनुहोस्