काठमाडौँ, २६ जेठ । चलचित्र कलाकार संघका लागी भएको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् ।

अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराउदै खड्काले विजयीले विजयी हासिल गरेका हुन । खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।
यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मतका साथ विजयी भएकी छन ।
उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मतका साथ विजयी भए ।
महासचिव पदमा चेतबहादुर सिंहले १८७ मतका साथ विजयी भए ।
सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी त्यस्तै सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् ।

निर्वाचन जितेपछि अध्यक्ष रविन्द्र खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए । यस्तै उम्मेदवार सरिता लामिछानेले चलचित्र अध्यक्ष रविन्द्रलाई शुभकामना दिएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्