बुटवल, २७ जेठ । स्रोत नखुलेको २१ तोला सुन र गरी २ लाख ६१ हजार सात सय भारतीय नोटसहित एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा आँधीखोला नगरपालिका वार्ड नं. ६ स्थायी ठेगाना बताउने अन्दाजी ४५ वर्षाक भीमबहादुर भाट क्षेत्रीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । क्षेत्रीले भारतको मुम्बइबाट २१ तोला सुनको ढिक्कासहित एक केजी ९४ ग्राम चांदीको ढिक्का र ५ तोला तौलका तीन थान चाँदीका सिक्का बरामद गरेको छ ।
बुटवलको बसपार्कमा शुक्रबार पक्राउ परेका क्षेत्रीबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनपछि जानकारी गराएको हो । उनको साथमा नगदसहित मोवाइल ४ थान, विभिन्न ब्राण्डका घडी ६ थान बरामद गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । क्षेत्रीमाथि राजस्वसम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाई अनुसन्धान भइरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्