कैलाली, २७ जेठ । गत बिहीबार हावाहुरीबाट मृत्यु भएका दुई जनाको परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी मृत्यु भएका परिवारलाई राहात स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले हावाहुरीका कारण पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपुर्तिस्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय पनि गरेको छ । त्यस्तै पशुपंक्षी, कृषिलगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको पनि मन्त्री शाहले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्