रोचक

चितवनमा एसपी मल्लको सक्रियता : जनताकै घरदैलोमा पुगेर अन्तरक्रिया



चितवन, २८ जेष्ठ । चितवनमा भर्खर कार्यभार सम्मालेका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) दानबहादुर मल्लले गाउँ गाउँमा विशेष प्रहरी अभियान तीव्र पार्नुभएको छ ।

उहाँले आफ्नो कार्यलय मातहत रहेका कार्यालयहरुको समन्वय गरि प्रहरी नागरिक अभियानलाई तीव्र पार्नुभएको हो । हालै सरुवा भई आएका प्रहरी उपरिक्षक दानवहादुर मल्ल यति वेला जिल्ला भित्रका सरोकारवाला निकाय, संघसंस्था, वुद्धिजिवीहरुबीच अन्तरक्रियामा व्यस्त रहनुभएको छ ।

जिल्लालाई शान्ती सुरक्षाको दृष्टिकोणबाट अन्र्तराष्टिय स्तरमा नै नमुना बनाउने दावी गरेका गर्दै उहाँ गाउँका कुनादेखि शहरका टोलमा पुग्न थाल्नुभएको छ । उहाले गाउँ गाउँमा प्रहरी सेवा पहुँच पुराउन उनले आफ्नो कार्यकाल प्रहरी विट स्थापनासगैँ नागरिक प्रहरी सहकार्यलाई प्रमुख प्रथामिकतामा राख्नुभएको छ ।

नवनियुक्त प्रमुख भएकाले उहाँलाई स्वागत गर्ने संघसंस्थाको ताती छ भने उहाँ आफै पनि जिम्मेवार निकाय, व्यक्तीहरुसँग अन्तरक्रिया गर्दै समस्या तथा गुनासाहरु संकलन गरिरहनुभएको छ ।

आईतवार खैरहनी नगरपालिकामा अन्तरक्रिया गरेका एसपी मल्लले सोमवार राप्ती नगरपालिकाका जनप्रतिनिधी, संघसंस्था प्रतिनिधी, वुद्धिजिवीहरुसँग यहाँको समस्याका बारे अन्तरक्रिया गर्नुभएको थियो ।

राप्ती नगरपालिका प्रमुख प्रभा वरालको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका स्थानीयले नगरको पहाडी भेगमा लगानी गाँजा खेतीको अन्त्य गर्नु पर्ने, इलाका प्रहरी कार्यालय भण्डाराबाटै मुद्दा चलाउने व्यवस्था गर्नु पर्ने विषयलाई प्राथमिकता दिएर काम गर्न सुझाव दिए ।

प्रहरी निरीक्षक आचार्यको प्रशंसा

उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले यहाँको शान्ति सुरक्षा लगायत अन्य काममा गरेको कामको प्रसंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सो अवसरमा एसपी मल्लले गाँजाखेती अन्त्यका लागि नगरपालिकासँग सहकार्य गरेर सचेतनाको कार्यक्रम संचालन गर्नु पर्ने बताउनुभयो । आफु आएको करिव २ साता भएको उल्लेख गर्दै एसपी मल्लले राप्तीका स्थानीयले राखेका अन्य सुझावहरुलाई अध्ययन गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राप्ती नगर उपप्रमुख इमानसिंह लामाले विगतमा प्रहरी संगठन भित्र एकाध प्रहरीका कारण छवि विग्रेको वताउँदै नयाँ ढंगले अघि वढ्नु पर्नेमा जोड दिनुभयो ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यले समुदाय प्रहरीबीचको सहकार्यले शान्तिपूर्ण तथा सुरक्षित समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

डिएसपी आचार्यले सरकारले लिएको विकासको लक्ष्यलाई सघाउन पुर्याउन सुरक्षा प्रमुख रहने भएकाले यसमा कुनै कन्जुस्याई नगर्ने बताउनुभयो ।