समाचार

घाइते एक महिलालाई हवाइ जहाजद्वारा उद्धार



बाजुरा, २८ जेठ । बाजुराबाट एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ ।

बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो ।

माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भिरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले बताए ।