काठमाडौँ, २८ जेठ । भक्तपुरको कटुञ्जेकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्न १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आइतबार हत्यामा संलग्न पर्साको सुवर्णपुरका रमन अधिकारीलाई १९ वर्षपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियाबाट प्रकाउ गरेर काठमाडौँ ल्याएको हो ।
पक्राउ परेका अधिकारी घरेलु कामदारका रुपमा बिजयश्वरीकै घरमा थिए । बिजयश्वरीका श्रीमान तुल्सीभक्तले पर्सामा डीएफओ हुँदा अधिकारीका करारका कर्मचारी थिए । सरुवा भएर मध्यामाञ्चल क्षेत्रीय वन कार्यालय हेटौंडा गएपछि तुल्सीभक्तले भक्तपुरस्थित घरमा कामदार राखेका अधिकारीले २०५७ असार ८ गते बिजयश्वरीको हत्या गरेका थिए ।
हत्या पछि उनी नेपाल र भारतमा लुकिछिपी बस्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्