सल्यान, २८ जेठ । सल्यानमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बागचौर नगरपालिका २ शेराचौरमा करेन्ट प्रवाह भैरहेको विद्युतको तारमा लट्पटिएर ३६ वर्षीया भूमी ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण सल्यानका प्रमुख अर्जुन घिमिरेले भने बिजुलीको तार भुइँमा झरेको स्वीकार गर्दै घटना हुनुमा स्थानीय नै दोषी रहेको बताए ।
त्यस ठाउँमा तारमाथि उठाउनका लागि एउटा पोल थप गरेर कार्यालयबाट पठाएको भए पनि पोल नै गायब भएको उहाँले खुलासा गर्नुभयो । नियम कानुन लत्याएर राजनीति पहुँचमा उपभोक्ता समिति र ठेकेदारले आफू खुशी काम गरेको उहाँले आरोप लगाउनुभयो ।
विद्युतका पोल कम भएका, तार लत्रेकोे र शंकास्पद ठाउँ भएमा तत्काल आफूहरुलाई खबर गर्न समेत बताए । प्राधिकरणको नेपालगञ्ज शाखाले मृतकको विवरण बुझेर क्षतिपूर्ति दिने उहाँले बताउनुभयो । विद्युत दुर्घटनामा ज्यान गुमाउनेलाइ ५ लाखसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको छ ।










प्रतिक्रिया दिनुहोस्