काठमाडौँ, २८ जेठ । काठमाडौँमा हर्न बजाउने ४१३ सवारीसाधन कारवाहीमा परेका छन् ।
सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि हर्नमा कडाई गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जनाएका छन ।
ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो ।










प्रतिक्रिया दिनुहोस्