समाचार

पोखरामा गोली चल्यो



कास्की, २९ जेठ । पोखरामा लागुऔषध कारोबारमा संलग्न रहेका एकजनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।

लेखनाथ नगरपालिका वार्ड नम्बर १० मा लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजार गोविन्द थापा घाइते भएका छन् भने दुई जना भागेका छन् । उनको खुट्टामा गोली लागेर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

घाईते भएको प्रहरी सन्तोष सुबेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन् । प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।