समाचार

आगलागीमा घाइते भएकामध्ये १ जनाकाे मृत्यु



बारा, २९ जेठ । बारामा  गत जेठ २४ गते ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका सात जनामध्ये एकजनाको मृत्यु भएको छ ।

मंगलबार साँझ काठमाण्डौको कीर्तिपुरमा बर्न सेन्टरमा उपचारको क्रममा जितपुर सिमरा उपमहानगरपालिका-१४, की ४० वर्षीया ज्ञानीमाया मोक्तानको मृत्यु भएको हो ।

अन्य ६ जना घाइतेको भने सोही ठाउमा उपचार भइरहेको बताइएकाे छ ।