काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालन आउने भएको छ । असार एक गतेदेखि राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने भएको हो ।
रात्रिकालीन बस सेवा सञ्चालन गर्ने सम्बन्धी यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच सहमति भएको बताइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस संचालनमा ल्याउने लागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अन्नपूर्ण पोष्ट पत्रिकालाई जानकारी दिएका हुन् ।
उनका अनुुसार यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको हो । रात्रिकालीन बसमा यात्रा गर्दा यात्रुले दिउँसोभन्दा डेढ गुणा बढी भाडा तिर्नुपर्ने जनाइएको छ । यो समाचार अन्नपूर्ण पोष्ट पत्रिकामा छ ।










प्रतिक्रिया दिनुहोस्