काठमाडौँ, ३० जेठ । दुबईको नेपाली दूतावासको पहलमा यूएईमा अलपत्र ७ नेपाली स्वदेश फर्किएका छन् ।
दूतावासको सहयोगमा कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई प्रक्रिया पुर्याएर घर फर्काएको हो ।
४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ । घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे रहेका छन् ।
कम्पनीले अलपत्र पारेपछि पीडित कामदारले एक महिनाअघि समस्याबारे दूतावासलाई अवगत गराउँदै निवेदन दिएका थिए । पीडितको उजुरीपछि दूतावासले पहलकदमी लिएर नेपाल फर्काएको हो ।










प्रतिक्रिया दिनुहोस्