काठमाडौँ, ३० जेठ । काठमाडौँमा प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।
बुधबार बिहान काठमाडौं महानगरपालिका—३२ कोटेश्वर बालकुमारीमा प्रहरीलाई घुस दिन खोज्ने उदयपुर गाईघाट घर भई कोटेश्वरमा बस्ने ३९ वर्षीय आसाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अव्यबस्थित पार्किङ हटाउने क्रममा स १ ज ४७३ नम्बरको गाडीको कागजपत्र माग गर्दा गाडीका चालक चौधरीले ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखी थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्