विश्व

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि अनुसन्धान



एजेन्सी, ३० जेठ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति रामाफोसाको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोपमा कारबाही गर्ने निकायले अनुसन्धान भइरहेको छ ।

राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए । रामाफोसा रङ्गभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिएका थिए ।