भक्तपुर, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास जुरुक्क उठेको बताउँदै आगामी दिनमा भक्तपुरका सवै ठाउँ दुर्गम नभई सुगम तथा विकसित स्थानको रुपमा स्थापीत हुने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थितीत काँक्रावारीमा सडक शिलान्यासको क्रममा उहाँले अबकका दिनमा भक्तपुरको विकास कसैले रोक्न नसक्ने बताउँदै केही वर्ष विदेश गएको मानिस आफ्नो गाउँ फर्केर आउँदा उसले आफ्नो घर गाउँ चिन्न कठिन हुने गरी विकास भएको बताउनुभयो ।
आजको लगानी भोलिको भविष्य हुने भन्दै भक्तपुरको मुहार फेर्ने नेकपाको जिम्मा भएको बताउनुभयो । काँक्रावारीमा करोडभन्दा बढी बजेट इतिहासमा नै नआएको बताउँदै नीजि तथा सरकारी क्षेत्रको को सहकार्य नै भक्तपुरको समृद्धि र विकास सम्भव भएको बताउनुभयो ।
उहाँले अब काँक्रावारी कर्णाली नभई विकसित र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने बाउनुभयो । जनताले चाहे विकास गर्न असम्भव नरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका विभिन्न ठाउँहरुमा पर्यटन, इकोभिलेज, होमस्टे, अर्गानिक खेती, प्याराग्याइडिङ, बन्जीजम्प लगायतका कार्यहरु अघि बढेको जानकारी गराउनुभयो । उहाँले खेलकुद, भौतिक संरचनाहरुको विकास तिव्र गतिमा कैलाशपती महादेवदेखी नंखेल जोड्नेउपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल नर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो ।
सवैको सहयोग नै भक्तपुरको विकास भएको बताउँदै सांसद बस्नेतले विभिन्न प्रकारका विविधताबीचको एकता नै नेपालीको राष्ट्रियता भएको बताउनुभयो । भक्तपुरको पहिचान नेपालभर विकास र विस्तार गर्नुपर्ने बताउँदै उहाँले आगामी दिनमा काँक्रावारीले सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा सामाजिक रुपले पाल्ने हैसियत हुने दावी गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा तथा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले स्थानीयवासीको मागलाई सम्बोधन गरेको र आगामी दिनमा काँक्रावारीलाई देशकै अकर्षणको केन्द्र विन्दुको रुपमा विकसित गराउने प्रतिवद्धता जनाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्