भक्तपुर, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासको प्रभावले देशभर मार्गनिर्देश गर्ने बताउनुभएको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ४ दुई पोखरीमा नेपाली सेनाको आयोजनामा भएको विपद् व्यवस्थापन मध्येको डुङ्गा परिक्षण तथा सरसफाई कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकासको प्रभाव देशभर मार्गनिर्देश गर्दै गएको बताउँदै सांसद बस्नेतले विपद् व्यवस्थापनको लागि भक्तपुरका २३ जना व्यवसायीको सहयोगमा २३ लाख संकलन गरी विपद् व्यवस्थानको सामग्रीहरु व्यवस्थापन गरेको जानकारी गराउनुभयो । उहाँले विपद् व्यवस्थापनको लागि भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. ४ को दुई पोखरीमा डेमोस्टे«सन गर्ने कार्य शुरु भएको र आगामी दिनमा विपद् व्यवस्थापनमा भक्तपुरले उल्लेख्य जनमूखी काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ४ दुई पोखरीमा नेपाली सेनाको आयोजनामा भएको विपद् व्यवस्थापन मध्येको डुङ्गा परिक्षण तथा सरसफाई कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरका आम जनताको समन्वय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत विभिन्न संघसंस्थाले खेलेको भूमीका कै कारण भक्तपुर विपद् व्यवस्थापनमा अन्य जिल्ला भन्दा अघि रहेको बताउँदै उहाँले भन्नुभयो, ‘विकास रोक्ने र विकास भाड्न खोज्ने तत्वलाई चिनौं, भक्तपुरको विकास जसले गरेको छ उनिहरुलाई बेइजत गर्ने, गाली गलैज गर्ने र उनीहरुको विरुद्धमा अफवाह फैलाउनेलाई चिनेर भक्तपुरवासीले उचित कारवाही गर्नुपर्छ ।
भक्तपुरमा दिर्घकालिन बाढीको समस्या समाधान गर्ने प्रमुख कार्यमध्येको एक हनुमन्ते नदीको करिडोर निर्माण भएको बताउँदै उहाँले पहिलो चरणमा ८१ करोडको लागतमा राधेराधेदेखी चारदोवाटोसम्म हनुमन्ते नदीको करिडोर निर्माण कार्य भइरेको बताउनुभयो । उहाँले दोस्रो चरणको निर्माण कार्यको लागि ७५/७५ करोडको दुई चरणको प्याकेजको टेण्डरको प्रकृयामा रहेको साथै मनोहरा करिडोरको लागि समेत बहुवर्षिय आयोजनामा पार्न सफल भएको जानकारी गराउनुभयो ।
हनुमन्ते तथा मनोहरा करिडोर निर्माणसँगै बाढीको व्यवस्थापन मात्र नभई भक्तपुरको समृद्धिको मार्गमा समेत महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले विकास निर्माणका कार्यहरुमा आफ्नो व्यक्तिगत स्वार्थका कारण केही मानिस मिलेर अवरोध पुर्याउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकास निर्माण अघि बढाउने कार्यमा विभिन्न प्रकारका मानिसको विभिन्न प्रकारका स्वार्थहरु जोडीन्छन् । २/४ जना मानिस मिलेर विकास निर्माणको कार्य रोक्ने प्रयास हुने गरेको तर त्यसको जनताले आवश्यक मूल्याङ्कन गरीरहेको र त्यस प्रकारको विकास विरोधी तत्वहरुले भक्तपुरको जनताको समृद्धिको चाहना रोक्न सक्दैनन् ।’
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट लगायतले समग्र भक्तपुरको विकास र समृद्धिको बारेमा चर्चा गर्नुभएको थियो ।
’










प्रतिक्रिया दिनुहोस्