समाचार

लागूऔषधसहित एक जना पक्राउ



पोखरा, ३२ जेठ । प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले पोखरा महानगरपालिका–१० रामघाटको एक घरबाट डाईजापाम, फेनरागन र नुर्फिन गरी १ हजार ४६४ एम्पुल, फेन्सिडिल तीन बोरा ९३३८ बोतल० र नाइट्रोसन चक्की १०० थान बरामद गरेको हो ।

रामघाटमा सिन्धुपाल्चोक शंखमुलका १८ वर्षका डेबिट तामाङ र करिब १३ लाख मूल्य बराबरको लागुऔषध प्रहरीले बरामद गरेको हो ।