दाङ, ३२ जेठ । दाङमा सम्राट सिमेन्ट उद्योगको विम भत्किदा तीनजना मजदुरको मृत्यु भएको छ ।
शनिवार विहान सिमेन्ट उद्योग निर्माणको क्रममा ठड्याइएको सपोटको लागि बाँधिएको फलाम बाँगिएर भत्किदा भारतको पगलपुर निवासी ४५ वर्षीय मंगल केस्यव, २२ वर्षीय दयाल हरेन्द्र र ४६ वर्षीय लाल साहेवको मृत्यु भएको हो ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार सोही दुर्घटनामा परि २३ बर्षीय अजय हेरेन्द्र, ४६ बर्षीय नरेन्द्र साईवेन र २२ बर्षीय दिपेन गोडा घाइते भएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्