सम्पादकीय

लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो, २ करोड २४ लाख भन्दा बढि राजस्व संकलन



लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ ।

आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १ सय ६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगका अनुसार आइतबारसम्म झन्डै १ लाख ६० हजारको आवेदन दर्ता भएको छ ।

खुलातर्फ १ लाख ५५ हजार ३ सय ८५, महिलामा ३८ हजार ५०६, जनजातिमा १७ हजार ५३९, मधेसीतर्फ ९ हजार ५४९, दलित तर्फ १ हजार १७१, अपांगता भएकातर्फ ७२ र पिछडिएका क्षेत्रतर्फ ५० जनाको आवेदन परेको छ । आवेदनबापत २ करोड २४ लाख ४७ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।