समाचार

मृतवस्थामा दुई जना पुरुष फेला



चितवन, २ असार । चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला परेका छन् ।

आइतबार भरतपुर महानगरपालिका–१५ फूलबारीमा भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेको प्रहरीले जनाएको छ । आइतबार कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०/३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् ।