विश्व

पूर्वराष्ट्रपति ओमार अल बसिरविरुद्ध भ्रष्टाचार मुद्दा



एजेन्सी, २ असार । अफ्रिकी मुलुक सुडानमा लामो समय शासन गरेका पूर्वराष्ट्रपति ओमार अल बसिरविरुद्ध भ्रष्टचार मुद्दाको सुनवाई शुरु भएको छ ।

बसिरलाई आइतबार खार्तुमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीविरुद्ध भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।