समाचार

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरद्वारा उद्धार



दैलेख, २ असार । दैलेख ठाटीकाँध गाउँपालिका-३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई  हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

गम्भीर घाइते उनिहरुलाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते भएका थिए ।

घाइतेमध्ये जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ ।