सम्पादकीय

हृदयघात हुनुअघि यस्ता लक्षण देखापर्छन्



शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ। यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो ।

मुटुको धमनी साँघुरिँदै गएपछि बाँयापट्टीको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ । त्यस्तै छातीको दुखाइ सरेर घाँटी र देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदयघातका लक्षण हुन् ।

कतिपय अबस्थामा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने वाकवाकी लाग्ने र पसिना आउनेजस्ता लक्षणसमेत देखापर्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।