राजनीति

भूकम्प पिडितले पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने



काठमाडौँ, ३ असार । अहिलेसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम नलिए लाभग्राही सूचीबाट हटाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न नआएको प्राधिकरणले जनाएको छ ।

सोमबार अपराह्नसम्मको तथ्याङ्कअनुसार आठ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका सात लाख ६६ हजार ३१७ मध्ये आजसम्म सात लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् ।