समाचार

आजको मौसम : देशका धेरै ठाउँमा पानी पर्ने



काठमाडौँ, ३ असार । मंगलबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै मंगलबार देशका सबैजसो ठाउँको मौसम बद्ली भई बेलुका हावाहुरी र मेघ गर्जनसहित पानीपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालतिर आउने मनसुनी प्रणाली बंगालको खाडी आसपासमै रोकिएपछि मनसुन भित्रिने बेलामा उखरमाउलो गर्मी बढिरहेको छ । नेपालमा मनसुन प्रवेश गर्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।