काठमाडौँ, ३ असार । प्रमुख विपक्षी नेपाली कांग्रेसले आजको संसद बैठक अवरोध गरेको छ ।
आज संसदमा प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिएर नाराबाजी गरेपछि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न पाएनन् ।
सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताएसगै प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आएपछि संसद स्थगित भएको छ । अर्को बैठक भोलि ४ बजे राखिएको छ । संसदलाई सम्बोधन गर्न भनेर रोष्टममा पुगिसकेका प्रधानमन्त्री अवरोध कायमै रहेपछि फर्किएका थिए ।










प्रतिक्रिया दिनुहोस्