काठमाडौँ, ३ असार । चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गरेका छन ।
सोमबार चीनको चेंग्दु, डुजियङ्ग्यान शहरमा जनमुक्ति सेनाका पश्चिम थिएटर कमाण्डर गेन झाओ जोङ्कीसँग प्रधानसेनापति थापाले शिष्टाचार भेटवार्ता गरेका हुन ।
भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापाले आज चेंदुबाट बेइजिङ जाने कार्यक्रम रहेको छ भने बेइजिङमा नेपाली राजदूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रम समेत आजै सहभागी हुने जनाएको छ ।
औपचारिक भ्रमण समाप्त गरी असार ०७ गते स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्