Banner News

सरकारद्वारा गुठी विधेयक फिर्ता लिने निर्णय



काठमाडौँ, ३ असार । सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ ।

मंगलबार मन्त्रालयमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरि विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएकाले विधेयक फिर्ता लिइएको बताउनु भयो  ।