काठमाडौँ, ४ असार । उपत्यकामा चल्ने विभिन्न सार्वजनिक सवारी साधनमा पकेटमार गर्ने हरुले एकअर्कामा साङ्केतिक भाषाको प्रयोग गर्ने गरेका छन् ।
यात्रुका रूपमा सवारी साधनमा चढेर विभिन्न कोड भाषा प्रयोग गरी पकेट मार्ने एवम् लुटपाट गर्ने गर्दछन ।
पकेटमारले प्रयोग गर्ने साङ्केतिक भाषा
पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्